विराटनगरमा भान्साघरमा आगलागी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार ०८:०५
मेचीनगरमा फ्रिज सर्ट भई आगलागी 

विराटनगर । विराटनगर महानगरपालिका–५ प्रगतिटोलमा बुधबार राति एउटा भान्सा घरमा आगलागी हुँदा एक लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रहरीका अनुसार राति ११ः४५ बजेतिर पुदन रजकको टाटीबेरा लगाएर बनाएको र जस्ताको छाना भएको भान्साघरमा अचानक आगलागी भएको थियो । स्थानीय र विराटनगर महानगरपालिकाको दमकलको सहयोगमा केही समयपछि आगो नियन्त्रणमा लिइएको थियो ।

Advertisement

आगलागीबाट भान्साघरसहित घरभित्र रहेको अन्नपात र भाँडावर्तन जलेर नष्ट हुँदा करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको छ । घटनामा कुनै मानवीय र चौपायाको क्षति भएको छैन । आगलागीको कारण खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×