पहिरोले पुरियो पेट्रोल पम्प, इन्धन र संरचनामा क्षति

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १६, शनिबार ०६:४०

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४, जोरसालस्थित लक्ष्मी ट्रेड्स एण्ड सप्लायर्सद्वारा सञ्चालित पेट्रोल पम्प शुक्रबार रातिको पहिरोले पुरिएको छ ।

माथिबाट राति ९ बजेतिर खसेको पहिरोले पेट्रोल पम्पका विभिन्न संरचनामा ठूलो क्षति पुर्‍याएको हो । पहिरोका कारण कम्तीमा तीन ट्यांकरभन्दा बढी डिजेल र एक ट्यांकरभन्दा बढी पेट्रोल पुरिएको सञ्चालकले बताएका छन् । पम्पको कार्यालयसहित अन्य भौतिक संरचनामा पनि क्षति पुगेको छ ।

Advertisement

लगातारको वर्षापछि आएको पहिरोका कारण पेट्रोल पम्पको सञ्चालन पूर्ण रूपमा बन्द भएको छ । क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको जनाइएको छ ।

सञ्चालकका अनुसार यो वर्ष मात्रै उक्त पेट्रोल पम्पमा तेस्रो पटक पहिरोले क्षति पुर्याएको हो । सरकारी मापदण्डअनुसार निर्माण गरिएको पम्प बारम्बार पहिरोको जोखिममा पर्दा सञ्चालन प्रभावित बनेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.