निर्मल पुर्जाको निधनमा प्रधानमन्त्री, ‘साहस अमर रहनेछ’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १६, शनिबार १७:०९

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको ब्रड पिक हिमालमा आएको हिमपहिरोमा परी विश्वकीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ सहितका आरोहीहरूको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

शनिबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री शाहले आरोहण केवल शिखर चुम्ने यात्रा मात्र नभएर साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको बताए। हिमालले धेरैलाई शिखरको गौरव दिने र कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राख्ने भए पनि आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहने उनको भनाइ छ।

Advertisement

पाकिस्तानको ८,०५१ मिटर अग्लो ब्रड पिकमा बिहीबार गएको हिमपहिरोमा परी पुर्जासहित ६ जना नेपाली र ४ जना विदेशी आरोहीको निधन भएको थियो। आरोहण आयोजक कम्पनी इलाइट एक्सपेडका अनुसार पुर्जाका भरपर्दा सहयोगी पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पाको पनि दुर्घटनामा ज्यान गएको छ। मिङ्मा ग्याल्जे शेर्पा (मिङ्मा जी) र सिरबाज खानको टोलीले घटनास्थल पुगेर शव पहिचान गरेको थियो।

प्रधानमन्त्री शाहले दिवङ्गत आरोहीहरूको भौतिक यात्रा रोकिए पनि उनीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहने उल्लेख गर्दै शोकसन्तप्त परिवारजन र शुभेच्छुकहरूप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।

सन् २०१९ मा विश्वका ८,००० मिटरभन्दा अग्ला १४ वटै हिमाल ६ महिना ६ दिनमा चढेर कीर्तिमान राखेका पूर्वब्रिटिस गोर्खा सैनिक पुर्जाको साहसिक यात्रा नेटफ्लिक्स डकुमेन्ट्री ‘फोर्टीन् पिक्स: नथिङ इज इम्पोसिबल’ मार्फत विश्वभर चर्चित छ।

विश्वकीर्तिमानी नेपाली आरोही निर्मल पुर्जाको निधन

तपाइको प्रतिक्रिया
सुनसरीका चार गाउँपालिकामा पुनः निषेधाज्ञा जारी
सुनसरीका चार गाउँपालिकामा पुनः निषेधाज्ञा जारी
‘घृणाले होइन, भाइचाराले समाज बन्छ’: पाँच धर्मका गुरुहरूको संयुक्त शान्ति अपिल
‘घृणाले होइन, भाइचाराले समाज बन्छ’: पाँच धर्मका गुरुहरूको संयुक्त शान्ति अपिल
कप्तानगन्ज गोलीकाण्डका घाइते रवीन्द्रको खुट्टा गुम्यो, अरुको स्वास्थ्य अवस्था कस्तो ?
डुङ्गामा आगालागी हुँदा ५ जनाको मृत्यु, ४१ बेपत्ता
दुर्गा प्रसाईँद्वारा राजसंस्था पुनर्बहालीका लागि आन्दोलनको घोषणा
मानव-हात्ती द्वन्द्वले झापामा ८० जनाको ज्यान गयो
सुस्तामा नेपाली भूमि पसेर एसएसबीले भत्कायो निर्माणाधीन बाँध
धार्मिक-जातीय द्वेष फैलाएको आरोपमा पक्राउ
पुरानै लयमा फर्किदै सुनसरी, सडकदेखि बजारसम्म बढ्यो चहलपहल
एभरेष्ट स्कुलको हाइकिङः प्रकृति र एकताको खुला पाठशाला
एभरेष्ट स्कुलको हाइकिङः प्रकृति र एकताको खुला पाठशाला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.