धरानमा युवामाथि धारिलो हतियार प्रहार, ४ जना फरार 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १७, आइतबार १०:२१
धरानमा युवामाथि धारिलो हतियार प्रहार, ४ जना फरार 

धरान । सुनसरीको धरान उपमहानगरपालिका–५ झरना चोकमा शनिबार साँझ एक युवामाथि धारिलो हतियार प्रहार भएको छ । शनिबार साँझ ७ः३० बजेतिर स्थानीय २० वर्षीय नीलकमल राईलाई एक समूहले ढाँडमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

उक्त आक्रमणमा सोही ठाउँका ४ जना युवाहरूको संलग्नता रहेको प्रहरीले जनाएको छ । झरना चोकका २३ वर्षीय ‘जोनसेना’ (यकिन नाम नखुलेको), १९ वर्षीय सुमन लिम्बू, १७ वर्षीय हनक राई र वडा नम्बर–५ दशघरेका २३ वर्षीय किरण राई आक्रमणमा संलग्न भई हाल फरार रहेको प्रहरीले जनाएको छ ।

Advertisement

घाइते राईलाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । उनको अवस्था मध्यम रहेको र हाल अस्पतालको आइसियुमा उपचार भइरहेको छ ।

प्रहरीले घटनास्थलको अनुसन्धान गर्नुका साथै फरार रहेका अभियुक्तहरूको तीव्रताका साथ खोजी गरिरहेको जनाएको छ । घटना के–कति कारणले भएको हो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.