धार्मिक-जातीय द्वेष फैलाएको आरोपमा पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १७, आइतबार १७:२१

काठमाडौँ । युट्युब च्यानलमार्फत भ्रामक सूचना सम्प्रेषण गरी समाजमा अफवाह र धार्मिक–जातीय द्वेष फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ घर भई हाल बुटवल बस्ने ३९ वर्षीय जनक भुसाललाई नियन्त्रणमा लिएको हो ।

भुसालले ‘नेपाली खबर टिभी’ नामक युट्युब च्यानलमार्फत सामाजिक सञ्जालमा फलोअर्स बढाउने र आर्थिक उपार्जन गर्ने नियतले राज्यको विद्यमान परिवेशलाई प्रत्यक्ष असर पार्ने भ्रामक सामग्रीहरू प्रसारण गर्ने गरेको ब्युरोले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार युट्युबमा समाजमा भ्रामक अफवाह फैलाउने, घृणा तथा द्वेष उत्पन्न गराउने, जातजाति र धार्मिक सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुर्‍याउने खालका सामग्री सम्प्रेषण गरिएका थिए ।

भुसाललाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप अनुमति लिई उनीमाथि साइबर ब्युरोले आवश्यक अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
डुङ्गामा आगालागी हुँदा ५ जनाको मृत्यु, ४१ बेपत्ता
दुर्गा प्रसाईँद्वारा राजसंस्था पुनर्बहालीका लागि आन्दोलनको घोषणा
मानव-हात्ती द्वन्द्वले झापामा ८० जनाको ज्यान गयो
सुस्तामा नेपाली भूमि पसेर एसएसबीले भत्कायो निर्माणाधीन बाँध
धार्मिक-जातीय द्वेष फैलाएको आरोपमा पक्राउ
पुरानै लयमा फर्किदै सुनसरी, सडकदेखि बजारसम्म बढ्यो चहलपहल
एभरेष्ट स्कुलको हाइकिङः प्रकृति र एकताको खुला पाठशाला
एभरेष्ट स्कुलको हाइकिङः प्रकृति र एकताको खुला पाठशाला
कर्पोरेट क्रिकेट लिगको तेस्रो सिजन भदौ १८ देखि हुने
देवानगन्जमा जनप्रतिनिधि र प्रहरीको पहलपछि भिड साम्य, घाइते महिलाको विराटनगरमा उपचार हुँदै
उदयपुरमा पोखरीमा डुबेर बेपत्ता भएकी बालिका मृत फेला
उदयपुरमा पोखरीमा डुबेर बेपत्ता भएकी बालिका मृत फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.