
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–४ पाँधारे चोकबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ घर भई हाल इटहरीमा डेरा गरी बस्ने २५ वर्षीय अनिश लामा रहेका छन् ।
शनिबार साँझ करिब ७ बजेतिर पाँधारे चोकमा लागुऔषधको बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय (रिट) विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले लामालाई शंकास्पद अवस्थामा फेला पारी चेक गर्दा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लामालाई चेक गर्दा उनको साथबाट ३ ग्राम ३६० मिलिग्राम ग्राम ब्राउन सुगर फेला परेको हो ।ब्राउन सुगरसहित नियन्त्रणमा लिइएका लामालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

























