पूर्वी नाकाबाट २४ अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १७, आइतबार १२:१९

झापा । पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। उक्त अवधिमा काँकडभिट्टा नाका भई पेट्रोल, डिजेल र एलपीजी ग्यास गरी तीन प्रकारका पेट्रोलियम पदार्थ आयात भएको हो।

काँकडभिट्टा भन्सार कार्यालयका अनुसार १२ अर्ब १८ करोड सात लाख ६४ हजार रुपैयाँको पेट्रोल आयात भएको छ। त्यसैगरी नौ अर्ब ५५ करोड ४९ लाख सात हजार रुपैयाँको डिजेल र दुई अर्ब ७७ करोड १० लाख ७३ हजार रुपैयाँ बराबरको एलपीजी ग्यास आयात भएको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा आठ अर्ब ९२ करोड ८५ लाख २६ हजार रुपैयाँको पेट्रोल र सात अर्ब तीन करोड ३२ लाख १९ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको थियो। भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेका अनुसार गत आवमा आयातित पेट्रोलबाट पाँच अर्ब ८५ करोड ३७ लाख ५० हजार र डिजेलबाट दुई अर्ब ९३ करोड २२ लाख ३९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।

तपाइको प्रतिक्रिया
कांग्रेसको सहमहामन्त्रीमा तीन महिला नेतृको उम्मेदवारी घोषणा
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×