शिवालयमा भक्तजनको घुइँचो, बजारमा चहलपहल (फोटो फिचर)

Share this
718shares
मुलुकी खबर
एन्जु शिवाकोटी
clock२०८३ श्रावण १८, सोमबार ११:४२

साउन महिना भगवान शिवको प्रिय महिना मानिन्छ। यस महिनाको प्रत्येक सोमबारको विशेष महत्त्व छ। आज साउन महिनाको दोस्रो सोमबार, देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

विशेषगरी महिलाहरूले साउने सोमबारको व्रत बस्ने र शिव मन्दिरमा गई पूजा–आराधना गर्ने प्रचलन छ। साउनमा हरियो चुरा, पोते र मेहेन्दी लगाउनुको पनि आफ्नै धार्मिक र सांस्कृतिक महत्त्व छ। हरियो रङलाई प्रकृति, सुख र समृद्धिको प्रतीक मानिन्छ। विवाहित महिलाहरूले श्रीमान्को दीर्घायुको कामना गर्दै र अविवाहित युवतीहरूले सुयोग्य वरको कामना गर्दै यो व्रत बस्ने गर्छन्।

राजधानीको पशुपतिनाथ मन्दिरलगायत देशका विभिन्न भागमा रहेका शिव मन्दिरहरूमा आज बिहानैदेखि दर्शनार्थीहरूको लामो लाइन देखिएको छ। भक्तजनहरूले शिवलिङ्गमा जल, दूध, बेलपत्र र फूल चढाएर पूजाआजा गरिरहेका छन्। मन्दिर परिसर ‘ॐ नमः शिवाय’ र ‘बोलबम’को नाराले गुञ्जायमान भएको छ।

प्रस्तुत छ, साउने सोमबारको अवसरमा विभिन्न शिवालय र बजारमा देखिएको रौनक :

तपाइको प्रतिक्रिया
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×