आनी छोइङको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ९, बुधबार १७:२०

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश डा. रत्नबहादुर बागचन्दको एकल इजलासले बुधबार प्रारम्भिक सुनुवाइ गर्दै निवेदकको मागबमोजिम आदेश जारी हुनु नपर्ने कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको हो ।

अदालतले नियुक्तिविरुद्ध अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै पक्षलाई छलफलका लागि आगामी १४ गते उपस्थित हुन पेसी तोकेको छ ।

राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले संयुक्त रूपमा रिट दायर गरेका हुन् ।

रिटमा आनी छोइङको नागरिकतासम्बन्धी विवाद र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा विधि र प्रक्रियाविपरीत नियुक्ति गरिएको जिकिर गरिएको छ । निवेदकहरूले नियुक्ति खारेज गर्न माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.