विराटनगर । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हकको पक्षमा पत्रकारहरूले देशभर गरेको विरोध प्रदर्शनप्रति समर्थन जनाएका छन् ।
‘सामूहिक गिरफ्तारी गर’ भन्ने नारासहित पत्रकारहरूले गरेको विरोध कार्यक्रमप्रति पूर्ण समर्थन रहेको उल्लेख गर्दै बस्नेतले प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हकको सम्मान हुनुपर्ने बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हक संरक्षण गर्नु आवश्यक रहेको बताएका छन् ।
‘सामूहिक गिरफ्तारी गर भन्दै पत्रकारहरूले देशभर गरेको विरोध कार्यक्रमप्रति पूर्ण समर्थन छ । प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हकको सम्मान हुनै पर्छ,’ उनले लेखेका छन् ।