सुन-चाँदीको मूल्य वृद्धि

Share this
654shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २०, बुधबार ११:०७
सुनको मूल्यमा भारी वृद्धि 

काठमाडौं।  नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन मङ्गलबार प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ हजार २०० रुपैयाँले बढेको हो। यसैगरी १० ग्राम सुनको मूल्य पनि मङ्गलबारको २ लाख ४३ हजार ३१० रुपैयाँबाट बढेर बुधबार २ लाख ४६ हजार ९१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

यसैबीच चाँदीको मूल्यमा पनि वृद्धि आएको छ। महासंघका अनुसार मङ्गलबार प्रतितोला ४ हजार ३८० रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार ४ हजार ४७५ रुपैयाँ कायम भएको छ। यस आधारमा चाँदी प्रतितोला ९५ रुपैयाँले बढेको हो।

१० ग्राम चाँदीको मूल्य पनि मङ्गलबारको ३ हजार ७५५ रुपैयाँबाट बढेर बुधबार ३ हजार ८३७ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

तपाइको प्रतिक्रिया
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×