लागुऔषध दुरुपयोग : एकै वर्ष दर्ता भए साढे ५ हजारभन्दा बढी मुद्दा

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २२, शुक्रबार १७:५८
प्रतीकात्मक तस्बिर

काठमाडौं । देशका विभिन्न क्षेत्रमा लागुऔषधको दुरुपयोग र अवैध कारोबार बढ्दै जाँदा यससम्बन्धी अपराध र प्रहरी कारबाहीका घटनामा उल्लेख्य वृद्धि भएको छ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ मा लागुऔषध सम्बन्धी ५ हजार ७९१ वटा कसुर प्रहरी कार्यालयहरूमा दर्ता भएका छन्।

यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा १ हजार ३९२ ले बढी हो। आर्थिक वर्ष २०८०/८१ मा लागुऔषध सम्बन्धी ४ हजार ३९९ कसुर दर्ता भएको प्रहरी प्रवक्ता डिआईजी अबिनारायण काफ्लेले बताए।

पछिल्ला वर्षहरूमा युवापुस्ता र किशोरकिशोरीहरू लागुऔषधको कुलतमा फस्ने क्रम तीव्र बनेको छ। लागुऔषध नियन्त्रण ब्युरोका अनुसार खुला सीमाना र आधुनिक प्रविधिको प्रयोग गर्दै गिरोहहरूले ओसारपसारको नयाँ शैली अपनाउँदा चुनौती थपिएको छ।

कारागारहरूमा समेत लागुऔषध मुद्दाका थुनुवा र कैदीको चाप बढ्दै गएकाले यसको रोकथामका लागि प्रहरीले विशेष अपरेसन र सचेतनामूलक अभियानलाई तीव्रता दिएको जनाएको छ।

तपाइको प्रतिक्रिया
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको नयाँ विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
विराटनगरमा मृत फेला पर्यो नीलगाई
कोशी–मधेश आर्थिक सहकार्यमा जोड
कोशी–मधेश आर्थिक सहकार्यमा जोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×