सरकारको कार्यशैली, पार्टीको अवस्था र अदालतको आदेशबारे थापाको कडा टिप्पणी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २४, आइतबार १७:१८

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको कार्यशैली, पार्टीको आन्तरिक जीवन र अदालतको पछिल्लो आदेशबारे कडा टिप्पणी गरेका छन्। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसमिति बैठकको सुरुवातमा बोल्दै उनले सरकार र राजनीतिक दलहरूले नागरिकको अपेक्षा पूरा गर्न नसकेको स्वीकार गरे।

थापाले अहिलेको काम गर्ने तरिका ठिक नभएको भन्दै तत्कालीन पार्टी सभापतिलाई बेलैमा सचेत गराउँदा नसुनिएकाले क्षति बेहोर्नुपरेको बताए। अहिलेको सरकारको पनि गति र मति नमिलेको उल्लेख गर्दै उनले मुलुकमा शासकीय अराजकता बढेको र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नभएकोमा प्रश्न उठाए। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा अख्तियारका प्रमुख र आयुक्तहरूलाई सिंहदरबारको एउटा कोठामा थुन्ने काम असंवैधानिक भएको उनको भनाइ थियो।

Advertisement

नागरिकहरूमा राजनीतिप्रति अन्योल, निराशा र आक्रोश बढेको भन्दै सभापति थापाले कांग्रेसले ठोस सुधारको बाटो समातेर जनताको समस्या सम्बोधन गर्नुपर्ने बताए। कांग्रेसले प्रमुख प्रतिपक्षको संवैधानिक जिम्मेवारी सशक्त रूपमा निभाउने भन्दै उनले प्रदेश सभालाई प्रतिपक्षीविहीन बनाउने कम्युनिष्ट पार्टीहरूको प्रस्ताव कांग्रेसकै कारण रोकिएको दाबी गरे। रास्वपाका सांसदहरूले सरकारको आलोचना गर्नु सकारात्मक भए पनि सत्ताको सामूहिक जिम्मेवारीबाट उनीहरू उम्किन नमिल्ने उनले बताए।

पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले दिएको पुनरवलोकन आदेशबारे बोल्दै थापाले विशेष महाधिवेशन विधानसम्मत रहेकाले अदालतको सामना शानका साथ गर्ने बताए। आगामी १५ औँ महाधिवेशनलाई समावेशी र सहभागीमूलक बनाउने स्पष्ट पार्दै उनले आफू कसैको डर वा धम्कीबाट नपछाडि हट्ने चेतावनी दिए।

तपाइको प्रतिक्रिया
मन्त्रीबारे छलफल नै सुरु भएको छैन, भ्रममा नपर्नुस्: राजेन्द्र राई
मन्त्री बन्ने दौडमा म छैन: इन्द्रबहादुर आङ्बो
इलामका युवकको मलेसियामा मृत्यु, शव ल्याउने तयारी
पुष्पलाल स्मृति ब्याडमिन्टन: कोर्टमा प्रिन्स दाहालको अप्रत्याशित हार
पुष्पलाल स्मृति ब्याडमिन्टन: कोर्टमा प्रिन्स दाहालको अप्रत्याशित हार
जग्गाको कारोबारमा सहजीकरण गर्न माग
महँगी, ग्यास अभाव र मल संकटबारे कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण
कोशीमा नयाँ सरकारबारे छलफलः नीति र कार्यक्रममा सहमति, मन्त्रालय भागबण्डा अझै पेचिलो
अभिषेक गिरी र जाहेरवालाबीच सहमति : ८४ लाखको हिसाब, २० लाखमै मिलापत्र
विराटनगर बास्केटबल कपको तयारी पूरा
विराटनगर बास्केटबल कपको तयारी पूरा
एसीसी प्रिमियर कपका लागि सन्दीपको कप्तानीमा १४ सदस्यीय टोली घोषणा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.