कोशीमा एमाले र नेकपाबीच मन्त्रालय भागबन्डामा किचलो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २५, सोमबार १७:१६

विराटनगर । सत्ता सहकार्यका लागि सहमति जुटाएका नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० बीच कोशी प्रदेशमा मन्त्रालय भागबन्डालाई लिएर मतभेद देखिएको छ।

हाल कोशी प्रदेशमा रहेका ९ वटा मन्त्रालयमध्ये नेकपाले ४ वटामा दाबी पेस गरेको छ। तर नेकपा एमाले भने ३ वटा मात्र मन्त्रालय दिने अडानमा छ।

Advertisement

नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमालेसँग सत्ता सहकार्यका लागि ४ वटा मन्त्रालय माग गरिएको जानकारी दिए। उनले आफूहरूले ४ वटा मन्त्रालयको दाबी गरे पनि एमालेको अडानबारे मिडियामार्फत थाहा पाएको र अझै औपचारिक छलफल अघि नबढेको बताए।

वर्तमान सरकारमा नेपाली कांग्रेसका ४ जना मन्त्री र एक जना राज्यमन्त्री रहेकाले आफ्नो दलले पनि सोही अनुसारको संख्या पाउनुपर्ने दाबी नेकपाको छ। नेता आङ्बोले सोमबार हुने छलफलमा पार्टीको तर्फबाट दरिलो अडान राख्ने बताए। आज हुने बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम र बजेटको पुनरावलोकन लगायतका विषयमा छलफल हुने उनले जानकारी दिए।

यता नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले भने नेकपालाई ३ वटा मात्रै मन्त्रालय दिन सकिने बताए। आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ६ र ३ को अनुपातमा सत्ता साझेदारी गरिने बताएका थिए ।

तपाइको प्रतिक्रिया
एसीसी प्रिमियर कपका लागि सन्दीपको कप्तानीमा १४ सदस्यीय टोली घोषणा
उपभोक्ता ठगी गर्ने कोशी ग्याससहित दुई फर्मलाई कारबाही
‘पार्टीलाई गतिशील बनाउन नेतृत्वले अविलम्ब निकास दिनुपर्छ’
कोशी प्रदेशमा पहिलो पटक ‘हिकभिजन एक्स्पो’ हुँदै 
कोशी प्रदेशमा पहिलो पटक ‘हिकभिजन एक्स्पो’ हुँदै 
स्काउट विघटन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल विशेष सेवा ऐनका साविकका व्यवस्था ब्युँताउने विधेयक बहुमतले पारित
देवानगन्ज घटनाका मृतकलाई शहीद घोषणा र सम्झौता कार्यान्वयनको माग
विराटनगर जुट मिल पुनः सञ्चालनका लागि विज्ञसहितको कार्यदल गठन
जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ
कोशीमा एमाले र नेकपाबीच मन्त्रालय भागबन्डामा किचलो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.