नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २६, मंगलबार १४:४५

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेदेखि सुरु हुने संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने भएका छन्।

राष्ट्रिय भेला पार्टी विभाजनका लागि नभएकाले कोइराला सहभागी हुने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए। भेलामा सहभागी भएर कोइरालाले पार्टी एकताका लागि आह्वान गर्ने उनले बताए।

Advertisement

इतर पक्षले पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाको संयोजकत्वमा साउन २९ देखि भदौ १ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गर्दैछ। भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा पनि सहभागी हुने बताइएको छ। त्यसका लागि उनी साउन २८ गते स्वदेश फर्किँदैछन्।

यसअघि भेलाको संयोजन गरिरहेका डा. शशाङ्कले भेलाप्रति डा. शेखरको पनि सहमति रहेको बताएका थिए।

तपाइको प्रतिक्रिया
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै
कोलम्बियामा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
चीनको लङ मार्च-७ए रकेट आकाशमै विस्फोट
बालबालिकासम्बन्धी ऐन संशोधन विधेयक संसदमा
कोशीमा विकास समस्या समाधान समितिको बैठक, संघसमक्ष मुख्य विषयहरू उठाइने
ग्यास अभाव : तोकिएभन्दा बढी मूल्य तिर्न उपभोक्ता बाध्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.