कांग्रेस इतर समूहको राष्ट्रिय भेला सुकेधारामा हुने, देउवा प्रमुख अतिथि

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २७, बुधबार ११:१६

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी साउन २९ गतेका लागि तय गरेको राष्ट्रिय भेला सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना गर्ने भएको छ। भेलाका लागि उक्त पार्टी प्यालेस बुकिङ भइसकेको छ।

इतर समूहका प्रचार-प्रसार समिति संयोजक मीन विश्वकर्माले भेलाको सम्पूर्ण तयारी अघि बढेको र उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे सुरु हुने जानकारी दिए। तीन दिनसम्म चल्ने उक्त राष्ट्रिय भेलामा देशभरका करिब पाँच हजार नेता तथा कार्यकर्ताको उपस्थिति रहने अनुमान गरिएको छ।

Advertisement

भेलाको प्रमुख अतिथ्यता पूर्वसभापति शेरबहादुर देउवाले गर्नेछन्। नेता डा. प्रकाशशरण महतका अनुसार पूर्वप्रधानमन्त्री देउवा बिहीबार मध्यान्ह १२:३० बजे थाई एयरको उडानबाट काठमाडौं अवतरण हुने कार्यक्रम छ।

जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते भएका देउवा गत फागुन १३ गते राति उपचारका लागि सिंगापुर गएका थिए। त्यसपछि उनी २०८२ चैत ७ गते थप उपचारका लागि हङकङ पुगेका थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.