
काठमाडौं। समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेपछि नेपाल पत्रकार महासंघले विरोध जनाएको छ। महासंघले श्रेष्ठको रिहाइको माग गर्दै काठमाडौं प्रहरी परिसर भद्रकालीमा धर्ना दिएको हो।
वरिष्ठ पत्रकार श्रेष्ठलाई बुधबार राति ९ बजे काठमाडौं प्रहरी परिसरको टोलीले ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो। समाचार संकलन तथा प्रकाशनका आधारमा पत्रकारलाई पक्राउ गरिएको भन्दै महासंघले तत्काल रिहाइको माग राखेर प्रदर्शन थालेको छ।
किशोर श्रेष्ठ पक्राउ लगत्तै जनआस्थाको कार्यालयमा प्रहरी छापा, कम्प्युटर नियन्त्रणमा



















