किशोर श्रेष्ठ पक्राउ लगत्तै जनआस्थाको कार्यालयमा प्रहरी छापा, कम्प्युटर नियन्त्रणमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २८, बिहीबार ०८:४९
किशोर श्रेष्ठ पक्राउ लगत्तै जनआस्थाको कार्यालयमा प्रहरी छापा, कम्प्युटर नियन्त्रणमा

काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको भोलिपल्टै प्रहरीले बिहीबार बिहान पत्रिकाको कार्यालयमा छापा मारेको छ ।
काठमाडौंस्थित कार्यालयमा पुगेको प्रहरी टोलीले छापामारीका क्रममा कार्यालयमा रहेका कम्प्युटरलगायतका अन्य महत्त्वपूर्ण सामग्रीहरू नियन्त्रणमा लिएको छ । कार्यालयमा कार्यरत एक कर्मचारीका अनुसार प्रहरीले एक्कासि आएर कार्यालयका विद्युतीय उपकरणहरू लगेको हो ।
यसअघि बुधबार साँझ सम्पादक श्रेष्ठलाई प्रहरीले उनकै निवासबाट पक्राउ गरेको थियो । श्रेष्ठ पक्राउ परेपछि नेपाल पत्रकार महासंघ लगायतका सङ्घसंस्थाहरूले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै विरोध प्रदर्शन गरिरहेका बेला प्रहरीले कार्यालयमै पुगेर सामग्रीहरू कब्जामा लिएको हो ।
प्रहरीले कुन उद्देश्यले कार्यालयमा छापा मारेको र सामग्रीहरू लगेको हो भन्नेबारे आधिकारिक जानकारी भने सार्वजनिक गरेको छैन ।

Advertisement
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.