सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २९, शुक्रबार ११:३९

काठमाडौं । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नियुक्त भएका छन्।

नेकपा (एमाले) को समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्री पदमा नियुक्त गरे।

Advertisement

एमाले र नेकपाबीच बनेको नयाँ राजनीतिक समीकरण र समझदारीअनुसार प्रदेश सरकारहरूमा हेरफेर हुने क्रम जारी छ। यसको प्रभाव कोशी प्रदेश सरकारमा पनि परेको छ।

नयाँ समीकरणसँगै कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ। कांग्रेस सरकारबाट बाहिरिएपछि अब मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ ढङ्गले सरकार पुनर्गठनको तयारी थालेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.