सुन-चाँदीको मूल्यमा गिरावट

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २९, शुक्रबार ११:४१
सुनको मूल्य सामान्य घट्यो 

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य ह्वात्तै घटेको छ। बिहीबार प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ४६ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँ कायम भएको छ।

आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५८ हजार ५ सय ७५ रुपैयाँ तोकिएको छ।

Advertisement

सुनसँगै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा ९० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ। यस्तै प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ९ सय ५५ रुपैयाँ तय भएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.