नेप्सेमा ७.३७ अंकको गिरावट

Share this
624shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २९, शुक्रबार १८:१६

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ७.३७ अंकले घटेको छ। कारोबार हुने साताको अन्तिम दिन शुक्रबारको गिरावटपछि नेप्से सूचक २६४३.८३ अंकमा कायम भएको छ। बिहीबार नेप्से सूचक ८.८१ अंकले बढेको थियो। शुक्रबार १ सय १ कम्पनीको शेयर मूल्य बढ्दा १ सय ६४ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ।

नेप्से घटे पनि कारोबार रकममा भने सुधार आएको छ। बिहीबार ३ अर्ब ७२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा शुक्रबार ४ अर्ब २७ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो। बैंकिङ ०.१४, विकास बैंक ०.३३, फाइनान्स ०.७३, होटल तथा पर्यटन ०.३३, जलविद्युत् ०.३४, लगानी ०.९२, उत्पादन तथा प्रशोधन ०.३८, निर्जीवन बीमा ०.४३ र व्यापार समूह २.५७ प्रतिशतले घटेका छन्।

जीवन बीमा ०.२७, माइक्रोफाइनान्स ०.२८, सामूहिक लगानी कोष ०.२४ र अन्य समूह भने ०.४४ प्रतिशतले बढेका छन्।हालै सूचीकृत माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशतले बढेको छ। रकमका आधारमा धेरै कारोबार हुने कम्पनीमा खानीखोला हाइड्रो अगाडि छ। सबैभन्दा धेरै रकम बराबरको कारोबार भने कृषि विकास बैंक बन्डको भएको नेप्सेले जनाएको छ। त्यसैगरी लिबर्टी इनर्जी, न्याग्दी हाइड्रोपावर र एनआरएन इन्भेस्टमेन्ट कम्पनीको धेरै रकमको शेयर कारोबार भएको छ।

तपाइको प्रतिक्रिया
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×