
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकढिक्का हुने कुरामा आफू पूर्ण रूपमा विश्वस्त रहेको बताएका छन्।
शुक्रबारदेखि सुरु भएको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन्।
नेपाली कांग्रेस अहिले विभाजित मनस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै नेता कोइरालाले आफूहरूले नै पार्टीलाई मिलाउने र एकढिक्का बनाएर लैजाने दाबी गरे। देशको समृद्धिका लागि पनि नेपाली कांग्रेस एकढिक्का हुन आवश्यक रहेको उनले बताए।
नेपाली कांग्रेस सबैलाई मिलाएर हिँड्ने पार्टी भएको चर्चा गर्दै उनले पार्टीले कसैको पनि निरंकुशता स्वीकार नगर्ने स्पष्ट पारे।

























