नेपाल टेलिकमले कमायो ८ अर्ब ८६ करोड

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३०, शनिबार १६:३५

काठमाडौं। नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा खुद मुनाफा ४७.५८ प्रतिशतले बढेको हो।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकसम्म टेलिकमको खुद मुनाफा ६ अर्ब ६७ लाख रुपैयाँ रहेकोमा एक वर्षको अवधिमा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँले वृद्धि भएको छ। कम्पनीका अनुसार समीक्षा अवधिमा करअघिको मुनाफा ३४.६६ प्रतिशतले बढेर १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो मुनाफा ९ अर्ब ८५ करोड २ लाख रुपैयाँ रहेको थियो।

यसैगरी, कम्पनीको ब्याज, कर, ह्रासकट्टी तथा अमोर्टाइजेसनअघिको आम्दानी १०.७३ प्रतिशतले बढेर २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ। कुल सञ्चालन आय ३.१२ प्रतिशतले बढेर ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ भने कुल आय २.६५ प्रतिशतले वृद्धि भई ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ।

ब्याजदर क्रमिक रूपमा घट्दा कम्पनीको ब्याज आम्दानी भने २२.८८ प्रतिशत (करिब ८६ करोड १९ लाख रुपैयाँ) ले घटेको छ। मुख्य दूरसञ्चार सेवा, विशेषगरी जिएसएम सेवातर्फको राजस्व ६४ करोड ५४ लाख रुपैयाँ (२.२८ प्रतिशत) ले बढेकाले समग्र सञ्चालन आय तथा मुनाफामा सकारात्मक प्रभाव परेको टेलिकमले जनाएको छ।

तपाइको प्रतिक्रिया
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
कांग्रेसको सहमहामन्त्रीमा तीन महिला नेतृको उम्मेदवारी घोषणा
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×