
विराटनगर । कोशी प्रदेश सरकार आज (सोमबार) पुनर्गठन हुँदैछ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको सहमति अनुसार नयाँ समीकरणका साथ मन्त्रिमण्डल विस्तार हुन लागेको हो ।
नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहणका लागि आज दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यालयमा समय तय गरिएको छ ।
लामो समयको छलफल र विवादपछि नेकपाले मन्त्रीहरूको नाम टुंगो लगाएको छ । नेकपाबाट जीवन आचार्य भौतिक पूर्वाधार विकास मन्त्रालय, गीता तिम्सिना सामाजिक विकास मन्त्रालय, गोम्बु शेर्पा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र खिनु लङ्वा लिम्बूलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

























