गाँजा खेतीलाई वैधानिकता दिने सरकारको तयारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ५, शुक्रबार १७:१७
 गाँजा खेतीलाई वैधानिकता दिने सरकारको तयारी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँजाको व्यावसायिक उत्पादन तथा औषधिजन्य प्रयोगका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले गाँजा खेतीलाई वैधानिकता दिने विषयमा अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए । उनले गाँजा उत्पादन र बजारीकरणलाई रोजगारी, आय र राजस्व वृद्धिको माध्यम बनाउनुपर्नेमा जोड दिए ।

Advertisement

गाँजाको औषधीय उपयोगका बारेमा विज्ञहरूको अध्ययन र निष्कर्षका आधारमा कानुनी ढाँचा तयार पारिने र यसका लागि गृह मन्त्रालयसँग समन्वय गरिने उनले बताए ।

‘विश्वका धेरै मुलुकमा गाँजासम्बन्धी नीतिमा परिवर्तन भइरहेकाले नेपालले पनि यसको सम्भावनाबारे गम्भीर अध्ययन गर्न आवश्यक छ,’ अर्थमन्त्री वाग्लेले भने । सरकारले गाँजा खेतीलाई व्यवस्थित र नियन्त्रित रूपमा सञ्चालन गर्न सके मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×