पहिरोमा घर छ हजुर

मुलुकी खबर
विमल वैद्य
clock२०८३ भाद्र ६, शनिबार ०९:३१

पहिरोमा घर छ हजुर,
कहिले झर्छु, थाहा छैन।
आकाशबाट पानी पर्छ,
कहिले मर्छु, थाहा छैन।

एक्लै मरेँ ठिकै हुन्थ्यो,
परिवार बाँचे हुन्थ्यो बरु।
अकालमै मर्ने भइयो,
बाँच्नेलाई साथी दुःख भयो।

Advertisement

पहिरोमा घर छ हजुर,
कहिले झर्छु, थाहा छैन।

कुन ठाउँमा आई बसियो,
बस्ने बेला थाहा थिएन।
किलो र दाम्लो जहाँ गाडियो,
बग्ने माटो थाहा थिएन।

पहिरोमा घर छ हजुर,
कहिले झर्छु, थाहा छैन।

तपाइको प्रतिक्रिया
नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेशसँग भिड्दै
मुस्ताङ भ्रमणमा प्रधानमन्त्री शाह, मालढुङ्गाबाट अघि बढ्यो टोली
बीपीको सशस्त्र संघर्षका संस्मरण समेटिएको ‘बीपी र विद्रोहका ती दिन’ इलाममा विमोचन
कोशीमा विद्युत् आपूर्ति भरपर्दो बनाउँदै खपत बढाउन ऊर्जामन्त्रीको निर्देशन
गरिमा चौधरीलाई न्याय माग्दै शान्तिवाटिकामा प्रदर्शन
निलो सिन्दुर : रंगमञ्चीय यात्राको अर्को अध्याय
शंकास्पद मासुसहित दुई युवक पक्राउ
मनमोहन पोलिटेक्निकका डिप्लोमा विद्यार्थीले अब आफ्नै ठाउँमा बीटेक पढ्न पाउने
विपद्का घटनामा २५० जनाको मृत्यु
गरिमा चौधरी प्रकरण : अनुसन्धानमा कमजोरी हुन नदिने गृहमन्त्री गुरुङको प्रतिबद्धता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×