बीपीको सशस्त्र संघर्षका संस्मरण समेटिएको ‘बीपी र विद्रोहका ती दिन’ इलाममा विमोचन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ६, शनिबार १२:३०

इलाम । पञ्चायती व्यवस्थाविरुद्ध बीपी कोइरालाले आह्वान गरेको सशस्त्र संघर्षका घटनाक्रम समेटिएको धर्म गौतमको संस्मरणात्मक कृति ‘बीपी र विद्रोहका ती दिन’ शनिबार इलाममा विमोचन गरिएको छ।

गौतमको गृहजिल्ला इलाममा आयोजित कार्यक्रममा कृतिको विमोचनसँगै त्यसमा समेटिएका विषयवस्तुमाथि चर्चा तथा विमर्शसमेत गरिएको थियो। कृति गत साता काठमाडौंमा पहिलोपटक सार्वजनिक गरिएको थियो।

Advertisement

इलाम सदरमुकामस्थित अरनिको संग्रहालयमा आयोजित कार्यक्रममा सांसद निश्कल राई, इलाम नगरपालिकाका मेयर केदार थापा, बुद्धिजीवी युद्धप्रसाद वैद्यलगायत सहभागी थिए।

इलाम सदरमुकामपछि कृति इलामकै सूर्योदय नगरपालिकाको फिक्कल, झापाको बिर्तामोड, विराटनगरलगायत स्थानमा सार्वजनिक गरी त्यसमाथि विमर्श गरिने जनाइएको छ।

बीपी कोइरालाले मेलमिलापको नीति लिएर २०३३ सालमा स्वदेश फर्कनुअघि आफ्ना तीनजना विश्वासपात्रलाई नेपाल पठाएका थिए। तीमध्ये एक गौतम पनि थिए।

प्रकाशक किताब पब्लिसर्सकी सिइओ कल्पना ढकालका अनुसार गौतमले पुस्तकमा आफ्ना व्यक्तिगत तथा राजनीतिक संस्मरण समेटेका छन्।

गौतम २०२९ सालमा भारत निर्वासनमा गएदेखि नै बीपी कोइरालाको सान्निध्यमा थिए। पञ्चायती व्यवस्थाको अन्त्यका लागि बीपीले आह्वान गरेको सशस्त्र संघर्षमा सहभागी भएका गौतम त्यसक्रममा भारतको पूर्णियामा हातहतियारसहित पक्राउ परेका थिए।

बीपीकै निर्देशनमा २०३३ कात्तिकमा स्वदेश फर्कने क्रममा पुनः पक्राउ परेका गौतमले त्यसपछि करिब चार वर्ष बन्दी जीवन बिताएका थिए।

कृतिमा गौतमले इलामबाट सुरु भएको आफ्नो राजनीतिक यात्रा भारतको नक्सलबारी, बनारस र बिहार हुँदै काठमाडौंसम्म कसरी विस्तार भयो भन्ने विवरणसहित त्यस समयका राजनीतिक तथा व्यक्तिगत घटनाक्रम प्रस्तुत गरेका छन्।

तपाइको प्रतिक्रिया
‘नेपालको अर्थतन्त्रमा सुधारका संकेत’
सोमबार विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की
पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
अदालत होइन, पार्टी कार्यालयमा बसेर संवाद गर्न विश्वप्रकाशको आग्रह
नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेशसँग भिड्दै
मुस्ताङ भ्रमणमा प्रधानमन्त्री शाह, मालढुङ्गाबाट अघि बढ्यो टोली
बीपीको सशस्त्र संघर्षका संस्मरण समेटिएको ‘बीपी र विद्रोहका ती दिन’ इलाममा विमोचन
कोशीमा विद्युत् आपूर्ति भरपर्दो बनाउँदै खपत बढाउन ऊर्जामन्त्रीको निर्देशन
गरिमा चौधरीलाई न्याय माग्दै शान्तिवाटिकामा प्रदर्शन
निलो सिन्दुर : रंगमञ्चीय यात्राको अर्को अध्याय
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×