अदालत होइन, पार्टी कार्यालयमा बसेर संवाद गर्न विश्वप्रकाशको आग्रह

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ६, शनिबार १२:५२

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्वसभापति शेरबहादुर देउवा समूहलाई संवादमार्फत निकास खोज्न आग्रह गरेका छन्। कांग्रेसले आयोजना गरेको ‘ग्रीन रन’का क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले पार्टीभित्रका विवाद अदालतको ढोकाबाट नभई पार्टी कार्यालयमै बसेर संवादमार्फत समाधान गर्नुपर्ने बताए।

‘नयाँ दृष्टिकोण र ऊर्जाले गइरहेको बेलामा हामी सबै आदरणीय नेताहरूलाई पनि आग्रह गरिरहेका छौँ। अब मुद्दा मामिलाको बाटो संविधानले, कानूनले दिन्छ। त्यसमा जाँदै गर्दा हामी त्यसमा नकारात्मक टिप्पणी गर्दैनौँ। तर अदालतको ढोकाबाट होइन, पार्टी कार्यालयको कोठाबाट हामी सँगसँगै बसेर संवाद गरेर पार्टीलाई एकताबद्ध बनाएर लिएर जानु छ,’ उनले भने।

Advertisement

शर्माले विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमिति पाँच वर्षका लागि नआएको स्पष्ट पारे। असोजमा महाधिवेशन हुने उल्लेख गर्दै उनले सभापति, उपसभापति तथा महामन्त्री बन्न चाहने सबैका लागि पार्टीमा ढोका खुला रहेको बताए।

‘असोजको महिनामा महाधिवेशन हुँदै छ। कसलाई आएर सभापति बन्न चाहनुहुन्छ, को आएर उपसभापति, महामन्त्री बन्न चाहनुहुन्छ, सबैलाई ढोका खुला छ। हामी त्यही कुराका लागि अपिल पनि गर्न चाहन्छौँ,’ शर्माले भने। उनले राजनीतिक दलहरूको भूमिका राजनीतिक विषयवस्तुमा मात्रै सीमित नहुने बताए। संविधान निर्माण तथा संशोधन, सरकार गठन र निर्वाचनमा जित–हारलगायत विषय पनि राजनीतिसँगै जोडिएको उनको भनाइ थियो।

तपाइको प्रतिक्रिया
‘नेपालको अर्थतन्त्रमा सुधारका संकेत’
सोमबार विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की
पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
अदालत होइन, पार्टी कार्यालयमा बसेर संवाद गर्न विश्वप्रकाशको आग्रह
नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेशसँग भिड्दै
मुस्ताङ भ्रमणमा प्रधानमन्त्री शाह, मालढुङ्गाबाट अघि बढ्यो टोली
बीपीको सशस्त्र संघर्षका संस्मरण समेटिएको ‘बीपी र विद्रोहका ती दिन’ इलाममा विमोचन
कोशीमा विद्युत् आपूर्ति भरपर्दो बनाउँदै खपत बढाउन ऊर्जामन्त्रीको निर्देशन
गरिमा चौधरीलाई न्याय माग्दै शान्तिवाटिकामा प्रदर्शन
निलो सिन्दुर : रंगमञ्चीय यात्राको अर्को अध्याय
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×