टेबल टेनिस संघको अध्यक्षमा राजेशमान श्रेष्ठ निर्विरोध निर्वाचित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ६, शनिबार २०:५९
टेबल टेनिस संघको अध्यक्षमा राजेशमान श्रेष्ठ निर्विरोध निर्वाचित

विराटनगर । कोशी प्रदेश टेबल टेनिस संघको अध्यक्षमा राजेशमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।विराटनगरमा सम्पन्न संघको प्रथम साधारणसभाले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा अभिनायक मल्ल, सचिवमा शरदरत्न पर्थिव र कोषाध्यक्षमा सर्जु थापा देवान निर्वाचित भए । त्यस्तै, सत्यनारायण राजभण्डारी, विपिन तुलाधर, रामबहादुर श्रेष्ठ, सुमित शाह र गौरी मास्के सदस्यमा निर्वाचित भए ।

Advertisement

साधारण सभाको उद्‌घाटन सत्रमा कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष वसन्तराज अर्याल, नेपाल टेबल टेनिस संघका केन्द्रीय अध्यक्ष विजेन्द्र हमाल, केन्द्रीय उपाध्यक्षहरू अनुज बानियाँ र मनोहर पोखरेल, कोशी प्रदेश बोर्डका सदस्य प्रवीण कार्की लगायतले शुभकामना मन्तव्य गरे । उनीहरूले प्रदेशमा टेबल टेनिस खेलको व्यावसायिक विकास र खेलाडीहरूको क्षमता अभिवृद्धिमा नयाँ कार्यसमितिले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

साधारण सभाको अवसर पारेर टेबुल टेनिसका पूर्वराष्ट्रिय खेलाडी राजेश लोहनीलाई सम्मान गरिएको थियो ।
नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले संघको संरचनालाई थप मजबुत बनाउन केही महत्त्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले प्रदेश उपाध्यक्षमा सन्तोष अग्रवाललाई मनोनीत गरेको छ भने सल्लाहकारमा डा. मनोज लाखे र ध्रुव क्षेत्रीलाई चयन गरेको छ ।

साथै, प्रदेशका बाँकी जिल्लाहरूमा टेबल टेनिस संघ विस्तार गर्ने र संघलाई कोशी प्रदेश खेलकुद विकास बोर्डमा विधिवत् दर्ता गर्ने निर्णय समेत बैठकले गरेको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
नेतृत्व परिवर्तन सामाजिक सञ्जालले होइन, महाधिवेशनले तय गर्छः शंकर पोखरेल
नेतृत्व परिवर्तन सामाजिक सञ्जालले होइन, महाधिवेशनले तय गर्छः शंकर पोखरेल
टेबल टेनिस संघको अध्यक्षमा राजेशमान श्रेष्ठ निर्विरोध निर्वाचित
टेबल टेनिस संघको अध्यक्षमा राजेशमान श्रेष्ठ निर्विरोध निर्वाचित
कविता प्रतियोगितामा आरोही ढकाल प्रथम 
कविता प्रतियोगितामा आरोही ढकाल प्रथम 
सरकार र ‘नागरिक बचाउ महाअभियान’ बीच १४ बुँदे सहमति, आन्दोलनका कार्यक्रम अन्त्य
ब्राइट भिजन ल कलेजमा ‘मुटकोर्ट’ सम्पन्न: विद्यार्थीले गरे नमुना अदालतमा बहस
ब्राइट भिजन ल कलेजमा ‘मुटकोर्ट’ सम्पन्न: विद्यार्थीले गरे नमुना अदालतमा बहस
अवैध काठसहित दुई जना पक्राउ 
झापाबाट लागुऔषधसहित तीन जना पक्राउ
कोशीमा डिजिटल प्रणाली सुरु : कर्मचारी सरुवामा अब कागज र पहुँचको झन्झट घटाउने तयारी
बिपी स्मृति ‘ग्रीन रन महिला रि-रन’ प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपाने विजयी
जाँते स्वास्थ्य चौकी बन्द गरिएको दाबीमा लेटाङ नगरपालिकाको आपत्ति
कृषि उत्पादन वृद्धि गर्न नार्कद्वारा विभिन्न बालीका उन्नत जात विकास
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×