भारतीय क्रिकेटर भरत काठमाडौं गोर्खाजबाट एनपीएल खेल्ने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ७, आइतबार २१:२१

काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्व विकेटकिपर ब्याट्सम्यान केएस भरत नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणमा काठमाडौं गोर्खाजबाट खेल्ने भएका छन्। काठमाडौं गोर्खाजले सामाजिक सञ्जालमार्फत ३२ वर्षीय भरतलाई टोलीमा अनुबन्ध गरिएको जनाएको हो। आगामी सिजनका लागि उनी गोर्खाजले सार्वजनिक गरेको पहिलो खेलाडी बनेका छन्।

विकेटकिपरका साथै माथिल्लो क्रममा ब्याटिङ गर्ने भरतले भारतका लागि सात टेस्ट खेलेका छन्। उनले सन् २०२३ फेब्रुअरीमा अस्ट्रेलियाविरुद्ध नागपुर टेस्टबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। सात टेस्टमा उनले २२१ रन बनाएका छन्।

Advertisement

भरतले सन् २०२३ को विश्व टेस्ट च्याम्पियनसिप फाइनलमा समेत अस्ट्रेलियाविरुद्ध खेलेका थिए। उनले गत जुनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका थिए। भरतले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलुरु र दिल्ली क्यापिटल्सबाट खेलेका छन्। आईपीएलका १० खेलमा उनले एक अर्धशतकसहित १९९ रन बनाएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×