कोशी प्रदेश सरकारलाई हामी सहयोग गर्छौंः थापा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ८, सोमबार १६:१३

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री उद्धव थापाले वर्तमान प्रदेश सरकारको स्थायित्वका लागि आफूहरु सकारात्मक रहेको बताएका छन्। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाको सोमबारको बैठकमा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।

आफ्नो दल प्रतिपक्षमा बस्ने भएकाले प्राविधिक रूपमा मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसकिने भए पनि सरकारको आयुका विषयमा भने कांग्रेस स्पष्ट रहेको नेता थापाको भनाइ छ।

Advertisement

यो सरकार ढल्नुपर्छ र अर्को बन्नुपर्छ भन्ने मान्यतामा नेपाली कांग्रेस नरहेको स्पष्ट पार्दै उनले सरकार गिर्ने अवस्था आयो वा संकटमा पर्यो भने पूर्ण कार्यकाल काम गर्न सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×