बाढीपीडितका लागि एमालेले १ करोड २० लाख जुटाउने

Share this
653shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार १६:१८

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाढीपीडितका लागि पार्टीले कम्तीमा एक करोड २० लाख रुपैयाँ जुटाएर सहयोग गर्ने बताएका छन् । आज (सोमबार) एमाले राजधानी प्रदेश कमिटीबाट उपलब्ध राहत सामग्री तथा सहयोग बुझ्दै अध्यक्ष ओलीले पार्टीको केन्द्रीय कोषबाट समेत रकम खर्च गर्ने बताएका हुन् ।

‘राजधानी र बागमती प्रदेशले १०–१० लाख गरी २० लाख रुपैयाँ बुझाउनुभएको छ। सबै गरेर एक करोड २० लाख संकलन गर्छौं,’ ओलीले भने, ‘पार्टीको केन्द्रीय कोषबाट कम्तीमा त्यो खर्च गर्छौं ।’ तर, संकलित रकम आफैँ पीडितसमक्ष पुर्‍याउने कि सरकारको प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्ने भन्नेमा भने अन्योल रहेको उनले बताए ।

Advertisement

‘सरकारकहाँ पुर्‍याए कोषमा परिराख्या छ। पीडितले पानी खान नपाएर ओठमुख सुकेका छन् । त्यसकारण हाम्रो अगाडि एउटा गम्भीर प्रश्न छ– साँच्चै पीडितकहाँ पुर्‍याउने कि सरकारको कोषमा देखाउने ?’ उनले भने । सरकारको कोषमा रकम जम्मा नगरे एमालेले सहयोग नगरेको भन्ने चर्चा चल्न सक्ने भन्दै ओलीले आफूहरू त्यसमा पनि सचेत रहेको बताए ।

‘एउटा चर्चा चल्छ, सरकारको कोषमा देखिएन भने अरूले कोषमा पठाए, एमालेले पठाएन भन्ने,’ उनले भने । प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषलाई बलियो बनाउन मात्र पैसा आवश्यक नरहेको उल्लेख गर्दै ओलीले उक्त कोष पनि अन्ततः विपद् प्रभावितलाई राहत पुर्‍याउनकै लागि बनाइएको बताए ।

‘पीडितकहाँ कुन माध्यमबाट छिटोछरितो ढंगले यथार्थ पीडितकहाँ राहत पुग्छ, हामी त्यही बाटो पुर्‍याउँछौं,’ उनले भने । एमालेले विपद्को उद्धार तथा राहतमा सक्दो प्रयास गरिरहेको र आगामी दिनमा पनि सहयोग जारी राख्ने ओलीले बताए । उनले विपद्को समयमा सबैलाई दिल खोलेर सहयोग गर्न आग्रह गरे । विपद् प्रभावितको उद्धार तथा राहतमा एमालेले सरकारसँग समन्वय गरेरै काम गर्न चाहेको पनि अध्यक्ष ओलीले बताए ।

तपाइको प्रतिक्रिया
बाढी प्रभावित क्षेत्र पुगे कांग्रेस सभापति थापा, उद्धारमा ढिलाइ भएको स्थानीयको गुनासो
बेपत्ताका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह
नोना कोइराला स्मृति प्रतिष्ठानद्वारा बाढीपीडितका लागि एक लाख सहयोग
३९ देशका ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन
भोटेकोशी बाढी : ५०१ यातायात मजदुर बेपत्ता, ५४४ सवारीमा क्षति
‘राहत कोषको रकम रोकिराख्नु हुँदैन, प्रभावित क्षेत्रमा तत्काल पठाउनू’
उदयपुरबाट १ हजार १ सय २२ किलो गाँजासहित बोलेरो बरामद, तीन जना पक्राउ
बाढीपीडितका लागि एमालेले १ करोड २० लाख जुटाउने
रसुवा बाढी : सेनाको हेलिकप्टरबाट ३३० जनाको उद्धार
पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×