
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बढी प्रभावित जिल्ला धादिङको गल्छीमा पुगेर अवलोकन गरेका छन् । आज (बुधबार) उनी प्रभावित क्षेत्र पुगेका हुन् ।
गल्छी पुगेर ओलीले त्यस क्षेत्रको अनुगमन गर्नुका साथै पीडितको गुनासो पनि सुनेका थिए । उक्त स्थानमा राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, जी फिन्ट लगायतका संघ संगठनले उद्धार तथा राहतको काम गरिरहेका छन् । अध्यक्ष ओलीले नुवाकोटको बेलकोटगढीका केही स्थानमा पनि अवलोकन गरेको पार्टीले जनाएको छ ।

























