ह्वाट्सएपमा नयाँ सुरक्षा सुविधा, अब लामो पासवर्ड राख्न सकिने

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १८, बिहीबार १०:४५

काठमाडौं । ह्वाट्सएपले अकाउन्ट ह्याक, फिसिङ र अनलाइन ठगीको जोखिम कम गर्न नयाँ सुरक्षा सुविधा थपेको छ ।

नयाँ अपडेटअनुसार अब प्रयोगकर्ताले दुई चरणीय प्रमाणीकरणमा प्रयोग हुने ६ अंकको पिनको सट्टा अक्षर, अंक र विशेष चिन्हसहितको लामो पासवर्ड राख्न सक्नेछन् । यसले पासवर्ड अनुमान गर्न कठिन बनाउने कम्पनीको विश्वास छ ।

Advertisement

त्यसैगरी, एउटै ह्वाट्सएप अकाउन्टमा एकभन्दा बढी पासकी राख्न सकिने सुविधा पनि थपिएको छ । आईओएस र एन्ड्रोइड दुवै प्रयोगकर्ताले यो सुविधा प्रयोग गर्न सक्नेछन् ।

ह्वाट्सएपले सन् २०२४ मा सुरु गरेको पासकी प्रणालीले पासवर्डको सट्टा फेस आईडी वा फिङ्गरप्रिन्टमार्फत अकाउन्टमा लगइन गर्न सकिने सुविधा दिएको थियो । कम्पनीका अनुसार यसले प्रयोगकर्ता नाम र पासवर्ड चोरी गरेर हुने फिसिङ आक्रमणको जोखिम घटाउँछ ।

नयाँ अपडेटमा अपरिचित नम्बरबाट आउने कलबारे थप जानकारी देखाउने सुविधा पनि थपिएको छ । यसले शंकास्पद कल पहिचान गर्न प्रयोगकर्तालाई सहयोग गर्ने कम्पनीले जनाएको छ । अनलाइन ठगी र ह्याकिङका घटना बढ्दै गएपछि ह्वाट्सएपसँगै सिग्नल र टेलिग्रामजस्ता मेसेजिङ प्लेटफर्मले पनि अकाउन्ट सुरक्षाका नयाँ उपाय थपिरहेका छन् ।

तपाइको प्रतिक्रिया
 बाढी प्रभावितको राहतका लागि जीवन विकास लघुवित्तद्वारा २५ लाख५ हजार सहयोग
बाढी प्रभावितको राहतका लागि जीवन विकास लघुवित्तद्वारा २५ लाख ५ हजार सहयोग
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
‘बाढीपछि मानसिक स्वास्थ्यमा गम्भीर जोखिम, मनोसामाजिक सहयोग आवश्यक’
बाढीपीडितका लागि जीवन विकास लघुवित्तको २५ लाख ५ हजार सहयोग
देउवा पक्षले छुट्टै महाधिवेशन कार्यतालिका ल्याउने तयारी गरेपछि कांग्रेस अनुशासन समिति बैठक बस्दै
बाढीपछि उपभोग्य वस्तुको मूल्य अचाक्ली बढ्यो
सामान्य बढ्यो सुनचाँदीको मूल्य
बढ्यो सुनचाँदीको मूल्य
विराटनगरमा खैरो हेरोइनसहित एक जना पक्राउ
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
मोरङमा विभिन्न मुद्दाका १५ फरार प्रतिवादी पक्राउ
रास्वपा बैठक : बाढी र राजनीतिक परिस्थितिबारे छलफल हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×