बाढी प्रभावित क्षेत्रबाट करिब १२ हजार जनाको उद्धार

Share this
789shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १८, बिहीबार १६:३४

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीको बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको जनाएको छ। प्राधिकरणले नेपाली सेनाको हवाई उद्धारमार्फत चार हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको उद्धार गरिएको जानकारी दिएको छ ।

प्राधिरणका प्रवक्ता शान्ति महतले बाढी तथा विपद्का घटनामा घाइते भएका कुल पाँच हजार १३५ जनाको उपचार गरिएको जानकारी दिइन् । उनले नेपाली सेनाबाट तीन हजार २०६, सशस्त्र प्रहरी बलबाट एक हजार ६२८ र विभिन्न अस्पतालमा ३०१ जनाको उपचार गरिएको जानकारी दिइन् ।

Advertisement

प्राधिरकणका अनुसार उद्धार गरिएकामध्ये तीन हजार ९४८ जना ‘होल्डिङ सेन्टर’मा  छन् । ‘नुवाकोटमा दुई हजार ९८१, धादिङमा २६०, रसुवामा ३२० र काठमाडौंमा ३८७ जना रहेका छन्,’ प्रवक्ता महतले भनिन्, ‘खोज, उद्धार तथा राहतका लागि २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाली सेना नौ हजार २८७, नेपाल प्रहरी सात हजार ९१२ र सशस्त्र प्रहरी बल नेपालका चार हजार २०३ जना सुरक्षाकर्मी परिचालन भएका छन् ।’

उनका अनुसार प्रभावित क्षेत्रमा काठमाडौंबाट ४५ ट्रक, ३७ बोलेरो, नौ हेलिकप्टर उडान र १४ मिनीट्रकमार्फत राहत सामग्री पठाइएको तथा सशस्त्र प्रहरी बलले नुवाकोट र रसुवामा १३० हवाई उडानमार्फत राहत सामग्री ढुवानी गरेको छ ।

प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा हाल ४६ हजार लिटर डिजेल, २४ हजार लिटर पेट्रोल र २१ हजार लिटर हवाई इन्धन मौज्दात रहेको छ । नेपाल टेलिकमका क्षति पुगेका ११० वटै टावर सञ्चालनमा आएका छन् भने एनसेलका ७८ मध्ये ७५ टावर सञ्चालनमा आइसकेको प्राधिरकणले जनाएको छ ।

तपाइको प्रतिक्रिया
बाढीमा बेपत्ता पत्रकारको खोजी र क्षतिपूर्तिका लागि सरकारसँग महासंघको आग्रह
भदौ २२ मा राष्ट्रिय शोक दिवस, सार्वजनिक बिदा
बाढीपीडितका लागि विराट ग्रुपद्वारा ७२ लाख
भोटेकोशी बाढी : १,२५२ को मृत्यु, ४,२१६ अझै सम्पर्कविहीन
सुरुङमा फसेकाको चाँडो उद्धार गर्न सांसदहरुको आग्रह
नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम साढे ३ अर्ब नजिक
बाढी प्रभावित क्षेत्रबाट करिब १२ हजार जनाको उद्धार
भोटेकोशी बाढी पीडितका लागि डा. मिनेन्द्र रिजालको १ लाख सहयोग
उद्धार, राहत र पुनःस्थापना प्रभावकारी बनाउन सरकारलाई मानव अधिकार आयोगको आग्रह
बाढीपीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानले दियो १ करोड ९ लाख
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×