भदौ २२ मा राष्ट्रिय शोक दिवस, सार्वजनिक बिदा

Share this
642shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १८, बिहीबार १६:५५

काठमाडौं । सरकारले भदौ २३ गते ‘जेनजी सहिद दिवस’का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णयसमेत गरेको छ ।

सरकारले रसुवा बाढीबाट प्रभावित व्यक्ति, उद्योग तथा व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन एकीकृत व्यावसायिक पुनःस्थापना योजनाअन्तर्गत राहत, कर तथा महसुल छुटलगायतका सहुलियत सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।

Advertisement

बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षा कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय भएको बताए ।

यस्तै, उद्धारका क्रममा घाइते भएका सुरक्षा कर्मचारीको निःशुल्क उपचार गर्ने तथा मृत्यु भएमा मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको उनले जानकारी दिए ।

मन्त्रिपरिषद्ले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य तथा व्यापार कम्पनीमार्फत २५ हजार मेट्रिक टन चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गर्न स्वीकृति दिने निर्णयसमेत गरेको छ ।

तपाइको प्रतिक्रिया
बाढीमा बेपत्ता पत्रकारको खोजी र क्षतिपूर्तिका लागि सरकारसँग महासंघको आग्रह
भदौ २२ मा राष्ट्रिय शोक दिवस, सार्वजनिक बिदा
बाढीपीडितका लागि विराट ग्रुपद्वारा ७२ लाख
भोटेकोशी बाढी : १,२५२ को मृत्यु, ४,२१६ अझै सम्पर्कविहीन
सुरुङमा फसेकाको चाँडो उद्धार गर्न सांसदहरुको आग्रह
नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम साढे ३ अर्ब नजिक
बाढी प्रभावित क्षेत्रबाट करिब १२ हजार जनाको उद्धार
भोटेकोशी बाढी पीडितका लागि डा. मिनेन्द्र रिजालको १ लाख सहयोग
उद्धार, राहत र पुनःस्थापना प्रभावकारी बनाउन सरकारलाई मानव अधिकार आयोगको आग्रह
बाढीपीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानले दियो १ करोड ९ लाख
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×