भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भारी वर्षाको सम्भावना 

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १९, शुक्रबार ०९:४८

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढीबाट प्रभावित रसुवा लगायतका क्षेत्रमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

मौसमविद् बिनु महर्जनका अनुसार रसुवाको पहाडी भू–भागमा भारी वर्षा र अन्य प्रभावित क्षेत्रमा मध्यम वर्षा हुने देखिएकाले थप सतर्कता अपनाउन आवश्यक छ ।

Advertisement

हाल देशभर मनसुनी वायुको प्रभावका कारण सामान्य बदली रही विभिन्न स्थानमा वर्षा भइरहेको छ। पछिल्लो ६ घण्टामा झापाको अनारमनी बिर्तामा सबैभन्दा धेरै ३४ मिलिमिटर वर्षा मापन गरिएको छ ।

दिउँसो देशभर बदली रही पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरी चल्न सक्नेछ ।

कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र, र लुम्बिनी तथा सुदूरपश्चिमका तराईका केही स्थानमा भारी वर्षाको सम्भावना छ । मौसम विभागका अनुसार आगामी तीन दिनसम्म देशका धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षाको क्रम जारी रहनेछ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी रहेकै बेला वर्षाको चेतावनी आएकाले सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×