बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न नुवाकोट पुगे ओली

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १९, शुक्रबार १७:१२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली शुक्रबार नुवाकोटको विदुरलगायत बाढी प्रभावित क्षेत्रमा स्थलगत निरीक्षणका लागि पुगेका छन् । ओली पार्टीका नेता तथा स्वयंसेवक टोलीसहित विदुर नगरपालिका–५ अन्तर्गत बटार, ढुङ्गेलगायत क्षेत्रमा पुगेका हुन् । उनले बाढीबाट भएको क्षतिको अवस्था बुझ्नुका साथै प्रभावित स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या र आवश्यकताबारे जानकारी लिएका छन् ।

नुवाकोट पुग्नुअघि ओलीले पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेका थिए । एमालेले नुवाकोट र रसुवाका बाढी प्रभावितका लागि खाद्यान्नलगायत राहत सामग्री पठाएको जनाएको छ ।

Advertisement

भोटेकोसी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । नदी किनारका बस्ती, सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेपछि उद्धार, राहत र पुनःस्थापनाको काम जारी छ ।

ओलीले यसअघि बुधबार पनि धादिङ र नुवाकोटका विभिन्न बाढी प्रभावित क्षेत्रमा पुगेर पीडितको अवस्था बुझेका थिए । त्यस क्रममा उनले प्रभावितको गुनासो सुन्दै पार्टीका कार्यकर्तालाई व्यवस्थित रूपमा राहत वितरण र पुनःस्थापनामा जुट्न निर्देशन दिएका थिए ।

एमालेले बाढीपीडितलाई सहयोग गर्न १ करोड २० लाख रुपैयाँको कोष बनाउने घोषणा गरेको छ । पार्टीले तत्काल राहत प्रभावित नागरिकसम्म पुर्‍याउने र उद्धार तथा राहतपछि पुनर्निर्माण तथा पुनःस्थापनामा समेत सहयोग गर्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया
बाढीमा बेपत्ता मोरङका मामा भान्जाको कुशको शव बनाएर अन्त्येष्टि
मोरङ कारागारभित्रको गुटबन्दी विस्फोट : १९ कैदीबन्दीलाई सातवटा कारागारमा स्थानान्तरण गरिँदै, को–को हुन् ‘बी ब्लक’ कब्जा गर्नेहरु ?
बाढीबाट ५३ झोलुंगे पुलमा क्षति, २० वटाको मर्मत सुरु
बाढी पीडितका तस्बिर र भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न आग्रह
बाढी पीडितका तस्बिर र भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न आग्रह
विराटनगरमा ट्रष्टको काम गर्ने क्रममा लडेर एक जनाको मृत्यु
बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न नुवाकोट पुगे ओली
भोटेकोशी बाढीः थप १५५ नेपाली चीनबाट तातोपानी नाका हुँदै फर्किए
भदौ २२ र २३ गते राहदानी सेवा नियमित सञ्चालन हुने
चीनले नेपालसँग आपतकालीन जलविज्ञानसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव लिइँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×