बाढीबाट ५३ झोलुंगे पुलमा क्षति, २० वटाको मर्मत सुरु

Share this
803shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १९, शुक्रबार १८:२०

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट क्षतिग्रस्त २० वटा झोलुंगे पुलको मर्मत सुरु गरेको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा पुलमध्ये ५३ वटामा बाढीले क्षति पुर्‍याएको थियो । प्रभावित क्षेत्रमा गरिएको स्थलगत मूल्याङ्कनपछि तीमध्ये २० वटा पुल मर्मत गर्नुपर्ने निष्कर्ष निकालिएको हो ।

क्षतिग्रस्त पुल मर्मतका लागि सरकारले भदौ १७ गते कार्यादेश जारी गरेको थियो । हाल महेश दोभान–मास्टार, कालिकाथान, मलिङ्गा–मझुवाटार, केउरेनी–गहते र पिमलटार–जागराम खोला झोलुङ्गे पुलको मर्मतमा प्रगति भइरहेको छ । यी पाँच पुलको मर्मत एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Advertisement

बाढीबाट क्षतिग्रस्त थप ३३ वटा झोलुङ्गे पुल भने पुनःनिर्माण गर्नुपर्ने भएकाले सरकारले भदौ १७ गते नै बोलपत्र आह्वान गरिसकेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
ठूलो संख्यामा गृहका सहसचिव र उपसचिवहरूको सरुवा (सूचीसहित)
कृष्ण मन्दिरमा राष्ट्रपति पौडेलको पूजाआराधना
कृष्ण मन्दिरमा राष्ट्रपति पौडेलको पूजाआराधना
बाढीमा बेपत्ता मोरङका मामा भान्जाको कुशको शव बनाएर अन्त्येष्टि
मोरङ कारागारभित्रको गुटबन्दी विस्फोट : १९ कैदीबन्दीलाई सातवटा कारागारमा स्थानान्तरण गरिँदै, को–को हुन् ‘बी ब्लक’ कब्जा गर्नेहरु ?
बाढीबाट ५३ झोलुंगे पुलमा क्षति, २० वटाको मर्मत सुरु
बाढी पीडितका तस्बिर र भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न आग्रह
बाढी पीडितका तस्बिर र भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न आग्रह
विराटनगरमा ट्रष्टको काम गर्ने क्रममा लडेर एक जनाको मृत्यु
बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न नुवाकोट पुगे ओली
भोटेकोशी बाढीः थप १५५ नेपाली चीनबाट तातोपानी नाका हुँदै फर्किए
भदौ २२ र २३ गते राहदानी सेवा नियमित सञ्चालन हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×