
काठमाडौं । गृह मन्त्रालयले १४ सहसचिव र ९ उपसचिव गरी २३ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ । आज (शुक्रबार) को मन्त्रीस्तरीय निर्णयबाट उनीहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।
निर्णयअनुसार सहसचिव श्रवणकुमार पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई भने गृह मन्त्रालयमा तानिएको छ ।
त्यस्तै महेन्द्रकुमार सापकोटालाई सुर्खेत, खडानन्द अधिकारीलाई बारा, धर्मेन्द्रकुमार मिश्रलाई गोरखा, रेखा कँडेललाई दोलखा, गंगा बहादुर क्षेत्रीलाई पर्वत र लक्ष्मीप्रसाद पौडेललाई रौतहटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।


























