बाढी प्रभावितलाई प्रधानमन्त्रीको ढाडस: ‘तपाईंहरू एक्लो हुनुहुन्न, राज्य साथमा छ’

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २०, शनिबार २१:१९
बाढी प्रभावितलाई प्रधानमन्त्रीको ढाडस: ‘तपाईंहरू एक्लो हुनुहुन्न, राज्य साथमा छ’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबाहरूलाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य र सरकार उनीहरूको साथमा रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै बाढीका कारण पीडामा परेका ज्येष्ठ नागरिकहरूलाई सरकारले अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रधानमन्त्रीले भनेका छन्, ‘तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंको साथमा छ, सरकार तपाईंको साथमा छ ।’

Advertisement

नुवाकोटको विदुर–१० बेत्रावतीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीले यस खबरले सिंगो देशलाई नै आशा दिएको बताए । उनले भने, ‘यो खबरले हामी खोज तथा उद्धारमा अझै डटेर लागिरहेका छौँ भन्ने सन्देश दिएको छ ।’ सरकारले चन्द्रिका श्रेष्ठको उमेर समूहका र त्योभन्दा माथिल्लो उमेरका धेरै आमाबुबाहरूलाई प्रभावित क्षेत्रबाट सुरक्षित उद्दार गरिसकेको उनले जानकारी दिए ।

बाढीका क्रममा ज्येष्ठ नागरिकहरूले भोग्नुपरेको कठिन परिस्थितिको स्मरण गर्दै प्रधानमन्त्रीले आफ्नै ज्यानको परवाह नगरी नातिनातिना जोगाउन वृद्धवृद्धाहरूले देखाएको हिम्मतको प्रशंसा गरे । बाढीले घर आँगन, खेतबारी, चौतारी र वर्षौंदेखिको थातथलो बगाउँदा ज्येष्ठ नागरिकको दैनिकी कष्टकर बनेको र कतिपयले आफ्नै आँखाअगाडि सन्तान र जीवनसाथी गुमाउनुपरेको भन्दै उनले गहिरो दुःख व्यक्त गरेका छन् ।

बाढीका कारण विस्थापित भएका ज्येष्ठ नागरिकहरूलाई सरकारले होल्डिङ सेन्टर र अस्थायी शिविरहरूमा राहत, स्वास्थ्य सेवा र जीवनयापनका लागि आवश्यक सुविधा पुर्‍याइरहेको प्रधानमन्त्रीले जानकारी दिए ।
नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान क्षतिग्रस्त भएपछि त्यहाँ रहेका सात जनालाई काठमाडौंको म्हैपीस्थित नेपाल सिनियर केयरमा र १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्ण प्रणामी मन्दिरमा आश्रय दिइएको छ । उनीहरूलाई ह्विलचियर, वाकर तथा मनोसामाजिक परामर्श सेवा समेत उपलब्ध गराइएको छ । प्रधानमन्त्रीले अस्थायी बसाइलाई छिटोभन्दा छिटो टुङ्ग्याएर सुरक्षित बसोबासको व्यवस्था मिलाउने आश्वासन दिए ।

आफन्त र सम्पत्ति गुमाएका नागरिकहरूको आक्रोशलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउँदै प्रधानमन्त्रीले संवेदनशील घडीमा पीडितमाथि अनावश्यक टिप्पणी गर्ने वा हियाउने व्यक्तिहरू विरुद्ध सरकार निर्मम हुने चेतावनी दिए । ‘पीडामा रहेका मानिसको आक्रोशलाई संयमपूर्वक सुन्नुपर्छ, पीडितलाई थप पीडा दिनेलाई सरकारले छोड्ने छैन,’ उनले भने ।

आफ्नो ज्यान जोखिममा राखेर उद्धार र खोजी कार्यमा खटिएका सुरक्षाकर्मीहरूप्रति प्रधानमन्त्रीले आभार प्रकट गरे । दलदल र खण्डहरमा निरन्तर काम गरिरहेका सुरक्षाकर्मीको आत्मबल बढाउनु सबैको कर्तव्य भएको उनको भनाइ छ ।
सन्देशको अन्त्यमा प्रधानमन्त्रीले बाढीमा ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै ज्येष्ठ नागरिकहरूलाई देशको जग र मार्गदर्शकका रूपमा स्वीकार गर्दै बलियो मन बनाउन आग्रह गरे ।

तपाइको प्रतिक्रिया
राधाकृष्ण रथयात्रामा प्रहरीको कडा निगरानी, विराटनगरबाट १ सय १३ जना पक्राउ
बाढी प्रभावितलाई प्रधानमन्त्रीको ढाडस: ‘तपाईंहरू एक्लो हुनुहुन्न, राज्य साथमा छ’
बाढी प्रभावितलाई प्रधानमन्त्रीको ढाडस: ‘तपाईंहरू एक्लो हुनुहुन्न, राज्य साथमा छ’
विराटनगरमा भव्य रथयात्रा, संकलित भेटी बाढीपीडितलाई (फोटो फिचरसहित)
विराटनगरको रथयात्राका क्रममा हालसम्म ९० जना पक्राउ
विराटनगरको रथयात्राका क्रममा ७५ जना पक्राउ
विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा जारी
बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख
बाढीपीडितका नाममा आफ्नै क्युआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ
भिडियो भाइरल भएपछि विराटनगरबाट दुई युवक पक्राउ, किशोरीले नै भनिन्– ‘दुर्व्यवहार भएको छैन’
विराटनगरमा सुरु भयो ऐतिहासिक राधाकृष्ण रथयात्रा (फोटाहरुसहित)
अमेरिकी दूतावासको ट्राभल एडभाइजरी : रसुवागढी-टिमुरे क्षेत्र ‘लेभल–४’मा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×