बाढीले पुल बगाएपछि मनास्लु र लार्केपास पदयात्रामा रोक

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २१, आइतबार १५:४८

काठमाडौं । उत्तरी गोरखाको मनास्लु र लार्केपास पदमार्गमा तत्कालका लागि पदयात्रा गर्न रोक लगाइएको छ । आइतबार बिहान नामरुङस्थित थेराङ खोलामा आएको भीषण बाढीले पदमार्गका पुलहरू बगाएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले पदयात्रा नगर्न सूचना जारी गरेको हो ।

आज बिहान करिब ३ः३० बजे आएको बाढीले चुमनुव्री गाउँपालिका–४ र २ जोड्ने फलामे पुलका साथै गापदेखि नामरुङ जंगल जाने बूढीगण्डकी नदीमाथिको झोलुंगे पुल समेत बगाएको छ । पुल बगेसँगै सो क्षेत्रको आवागमन पूर्ण रूपमा ठप्प भएको छ। बाढीले पदमार्ग, स्थानीय होटल र निर्माणाधीन जलविद्युत आयोजनामा पनि ठूलो क्षति पुर्‍याएको प्रशासनले जनाएको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा भनिएको छ,  ‘मनास्लु पदमार्ग अथवा लार्केपास पदमार्ग यात्राको तयारी अवस्था वा यात्रामा रहनुभएका पदयात्रीहरूले अर्को सूचना प्रकाशित नहुँदासम्म पदयात्रा नगर्नु नगराउनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’

प्रशासनले पदयात्रामा निस्किसकेका पर्यटकहरूलाई पनि सुरक्षित स्थानमा रहन र जोखिमपूर्ण क्षेत्रमा अघि नबढ्न आग्रह गरेको छ। बाढीका कारण पुगेको क्षतिको विवरण संकलन भइरहेको र सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
रसुवागढी नाका अवरुद्ध भएपछि केरुङका सामान अब कोरला नाकाबाट
बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्ष निःशुल्क उपचार गर्ने
सुनसरीमा भन्सार छलीको मल र सुर्तीजन्य पदार्थ बरामद
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
महासभामा तयारीका साथ प्रस्तुत हुन प्रधानमन्त्रीलाई सुझाव
रसुवागढी नाका अवरुद्ध भएपछि केरुङका सामान अब कोरला नाकाबाट
बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्ष निःशुल्क उपचार गर्ने
महाधिवेशन प्रक्रिया नरोके कांग्रेस विभाजन हुनसक्छः रमेश लेखक
बाढीले पुल बगाएपछि मनास्लु र लार्केपास पदयात्रामा रोक
लहानमा पेस्तोलसहित ३ जना पक्राउ 
मोरङको उर्लाबारीबाट दुई जना युवा पक्राउ
फ्रान्सेली विश्व च्याम्पियनलाई नकआउट गर्दै नेपाली बक्सरको ऐतिहासिक जित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×