पत्रकार महासंघ मोरङले तीज कार्यक्रमको खर्च भोटेकोशी बाढी पीडितलाई दिने 

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २१, आइतबार १८:१८

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले यस वर्ष हरितालिका तीजका अवसरमा आयोजना गरेको कार्यक्रमको व्यवस्थापनमा लाग्ने खर्च रकम भोटेकोशी बाढी पीडितका लागि राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

महासंघ मोरङले हरेक वर्ष हरितालिका तीजको अवसरमा पत्रकारहरुबीच आपसी सद्भाव, भेटघाट र शुभकामना आदानप्रदान गर्ने उद्देश्यले तीज कार्यक्रम आयोजना गर्दै आएको छ । यस वर्ष भने महासंघले तीज कार्यक्रमलाई सामान्य रूपमा मनाएको जनाएको छ ।

Advertisement

महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकका अनुसार तीज कार्यक्रमका लागि व्यवस्थापनमा हुने खर्च कटौती गरी सो रकम विपद्बाट प्रभावितका लागि राहत कोषमा सहयोग गर्ने निर्णय गरिएको हो ।

चाडपर्व मनाउने क्रममा हुने अनावश्यक खर्चलाई विपद् प्रभावितको सहयोगमा प्रयोग गर्न सकिने सन्देश दिन पनि महासंघले यस्तो निर्णय गरेको अध्यक्ष बताइन् ।  पत्रकार महासंघले सञ्चार क्षेत्रसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने भएकाले विपद्को समयमा पीडितको साथमा उभिनु आवश्यक रहेको उनको भनाइ छ ।
महासंघको यो निर्णयले चाडपर्वका नाममा हुने खर्चलाई विपद् पीडितको राहतमा प्रयोग गर्ने सकारात्मक अभ्यासको सन्देश दिएको छ ।

कार्यक्रममा कोशी प्रदेश सञ्चार प्रतिष्ठानका अध्यक्ष दीपक दाहाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमाल, प्रदेश उपाध्यक्ष कुमोद अधिकारी, महासचिव हिमा चेम्जुङ, महासंघ मोरङका पूर्वअध्यक्षहरू मोहन भण्डारी, यज्ञ शर्मा, विक्रम निरौला, महेन्द्र विष्ट, बन्धु पोखरेल, सञ्जीव खनाल लगायत पत्रकारहरूको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
मोरङ कारागारमा पुनः झडप, थप १८ कैदीबन्दी अन्य जिल्लामा स्थानान्तरण
भोटेकोशी विपत्तिबाट पाठ सिक्दै योजना बनाउँछौँ: मन्त्री आचार्य
भोटेकोशी विपत्तिबाट पाठ सिक्दै योजना बनाउँछौँ: मन्त्री आचार्य
भोटेकोशी बाढीपीडितका लागि विराटनगर महानगरद्वारा १ करोड १ हजार सहयोग
भोटेकोशी बाढीपीडितका लागि विराटनगर महानगरद्वारा १ करोड १ हजार सहयोग
प्रमाण नष्ट गर्न खोजेको आरोपमा स्ववियु सभापति यादव पक्राउ 
युवकको शंकास्पद मृत्यु: श्रीमती, आमासहित ५ जना पक्राउ
युवकको शंकास्पद मृत्यु: श्रीमती, आमासहित ५ जना पक्राउ
यस्तो छ कोशीमा एमाले र नेकपाको न्यूनतम साझा कार्यक्रम (पूर्ण पाठ)
यस्तो छ कोशीमा एमाले र नेकपाको न्यूनतम साझा कार्यक्रम (पूर्ण पाठ)
'हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ' (सम्बोधनको पूर्णपाठ)
‘हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ’ (सम्बोधनको पूर्णपाठ)
भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढीको उद्धार
भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढीको उद्धार
चट्याङ लागेर सुनसरीमा युवकको मृत्यु
चट्याङ लागेर सुनसरीमा युवकको मृत्यु
भोटेकोशीले खोस्यो छोरी–नातिनी, विराटनगरबाट बाटो हेर्दै ८४ वर्षीया आमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×