मैवाखोलामा ट्रयाक्टर खसेर बेपत्ता भएका दुवै जना सकुशल सम्पर्कमा

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २२, सोमबार ०८:३९

विराटनगर । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकास्थित मैवाखोलामा ट्रयाक्टर दुर्घटना हुँदा बेपत्ता भएका दुवै जना सकुशल सम्पर्कमा आएका छन् । सोमबार बिहान भएको दुर्घटनापछि खोलाले बगाएर बेपत्ता भएको आशंका गरिएका चालक र सहयात्री केही समयपछि सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सकुशल सम्पर्कमा आउनेहरूमा ट्रयाक्टर चालक समिर बराइली र ट्रयाक्टरमा सवार अनिल नाल्वो रहेका छन् ।

Advertisement

सोमबार (आज) बिहान २ः४० बजे आठराई त्रिबेणी र मेरिङदेन गाउँपालिका जोड्ने सडक खण्डमा हाङपाङदेखि गोलिया (काठ) लिएर दोभानतर्फ आउँदै गरेको ट्रयाक्टर मैवाखोलाको पुल नजिकैबाट करिब १५ मिटर तल खसेको थियो । ट्रयाक्टर खोलामा खसेपछि उनीहरूलाई खोलाले बगाएको अनुमान गरिए पनि उनीहरू सुरक्षित रहन सफल भएका हुन् ।

यसअघि सोही ट्रयाक्टरमा सवार १४ वर्षीय समिर नाल्वोले दुर्घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×