रसुवा बाढीमा ज्यान गुमाएका १ हजार ३५५ जनाको शव फेला, करिब ५ हजार सम्पर्कविहीन

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २२, सोमबार १३:४९

काठमाडौं । रसुवा बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म एक हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार फेला परेका शवमा मानव अङ्गसमेत रहेका छन् ।

प्राधिकरणका अनुसार हालसम्म ९८ शवको सनाखत गरी आफन्तलाई बुझाइएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतले रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ शव फेला परेको जानकारी दिइन् ।

Advertisement

उनका अनुसार बाढीमा परी करिब चार हजार ९९६ जना अझै सम्पर्कविहीन छन् । रसुवा जिल्ला प्रशासन कार्यालयबाट एक हजार ९६७ जना र नुवाकोटबाट दुई हजार ३४० नेपाली सम्पर्कविहीन रहेको विवरण अद्यावधिक गरिएको छ ।

त्यस्तै, सुरक्षाकर्मी तथा कर्मचारी करिब १०० जना र विदेशी नागरिक करिब ५८९ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

बाढीमा फसेका मध्ये हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ । प्राधिकरणका अनुसार बाढीबाट घाइते भएका ६ हजार ६७२ जनाको उपचार गरिएको छ । विभिन्न अस्पतालमा उपचार गरिएका ३२३ जनामध्ये २२८ जना उपचारपछि घर फर्किएका छन् ।

प्रभावित क्षेत्रमा स्थापना गरिएका ३९ वटा होल्डिङ सेन्टरमा अहिले तीन हजार ५३३ जना बाढी प्रभावित रहेका छन् । तीमध्ये रसुवामा ६६९, नुवाकोटमा दुई हजार ६५१ र धादिङमा २१३ जना रहेका छन् ।

उद्धार, राहत तथा सुरक्षा व्यवस्थापनका लागि २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ । नेपाली सेनाका नौ हजार २८७, नेपाल प्रहरीका सात हजार ९१२ र सशस्त्र प्रहरी बलका चार हजार २०३ जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा खटिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×