भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढीको उद्धार

Share this
653shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २२, सोमबार १६:२०
भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ३ सय ९६ जनाको उद्धार गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उद्धार गरिएकामध्ये ३ हजार ५ सय ३३ जना रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् । बाढीपछि हालसम्म १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ भने ४ हजार ९ सय ९६ जना अझै सम्पर्कविहीन छन् । फेला परेका शवमध्ये ९८ जनाको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ ।

Advertisement

बाढीबाट घाइते तथा प्रभावित गरी हालसम्म ६ हजार ६ सय ७२ जनाले उपचार सेवा लिएका छन् । विभिन्न अस्पतालमा उपचाररत ३ सय २३ जनामध्ये २ सय २८ जना डिस्चार्ज भइसकेका छन् । त्यस्तै, नेपाली सेनाका ३ हजार ३ सय ७९ जना र सशस्त्र प्रहरीका २ हजार ९ सय ७० जनाले पनि स्वास्थ्य उपचार सेवा लिएको प्राधिकरणले जनाएको छ ।

विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्नुका साथै आधारभूत आवश्यकता पूरा गर्न राहत र व्यवस्थापनको काम भइरहेको छ । सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय खोजी, उद्धार, उपचार र राहत व्यवस्थापनमा निरन्तर सक्रिय छन् । सम्पर्कविहीनहरूको खोजी तथा उद्धारलाई थप तीव्र बनाइएको प्राधिकरणले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×