‘जेन्जी आन्दोलनको भावनाविपरीत सरकार हाइज्याक गर्नेहरूको प्रभावमा चल्यो’

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २३, मंगलबार ०९:१३

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकार ‘जेन्जी आन्दोलन’ को वास्तविक भावना अनुसार नभई आन्दोलनलाई ‘हाइज्याक’ गर्नेहरूको प्रभावमा चलेको आरोप लगाएका छन् ।

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झनामा जारी वक्तव्यमा पोखरेलले मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै यस्तो धारणा राखेका हुन् ।

Advertisement

उनले भ्रष्टाचार नियन्त्रण, सुशासन, सहज सेवा प्रवाह र सामाजिक सञ्जालको प्रयोगसम्बन्धी युवाका माग जायज र साझा सरोकारका विषय भएको बताएका छन् । सामाजिक सञ्जाल नियमनका लागि तत्कालीन सरकारले ल्याएको दर्ता नीति स्पष्ट नभएका कारण युवाहरू सडकमा आउनुपरेको उनको भनाइ छ ।

शान्तिपूर्ण प्रदर्शनलाई नियोजित रूपमा हिंसात्मक बनाउने षड्यन्त्र भएको दाबी गर्दै पोखरेलले आन्दोलनमा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीको पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने बताए ।

‘शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीहरूको पहिचान गरी उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनु नै जेन्जी आन्दोलनको वास्तविक भावनाको सम्मान गर्नु हो,’ उनले भनेका छन् ।

एमाले सधैँ युवाको पक्षमा रहेको दाबी गर्दै पोखरेलले विगतमा युवाका माग सम्बोधन गर्ने क्रममा भएका कमजोरी सच्याउँदै अघि बढ्न पार्टी प्रतिबद्ध रहेको बताए । देशमा सुशासन र विधिको शासन स्थापना गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको भन्दै उनले युवाका जायज माग सम्बोधन गर्न एमाले सधैँ तत्पर रहेको बताएका छन् ।

तपाइको प्रतिक्रिया
परिवर्तनको आशा, परिणामको प्रतीक्षा
भोटेकोशी बाढीमा हराएका ५८७ विदेशी पर्यटक अझै फेला परेनन्
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने घोषणा
अलैँचीको मूल्य प्रतिमन ८५ हजार
‘प्रतिक्रियावादी शक्तिहरू बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयासमा’
जेनजी आन्दोलनको एक वर्ष : ‘मूल मुद्दामा अपेक्षित उपलब्धि भएन’
बाढीपीडितका लागि ब्रह्माकुमारी नेपालद्वारा एक करोड एक लाख सहयोग
जेनजी आन्दोलनबारे आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग
शान्ति कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजा आराधना
इटहरी प्रहरी हिरासतमा थुनुवाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×