सहिदले चाहेजस्तो सुशासन अझै आएनः हर्क साम्पाङ

Share this
800shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २३, मंगलबार ०९:२४

धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सहिदहरूले परिकल्पना गरे अनुसारको सुशासन देशमा अझै आउन नसकेको बताएका छन् ।

जेनजी सहिद दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना र श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष साम्पाङले यस्तो धारणा राखेका हुन् । जेनजी आन्दोलनको एक वर्ष पुगेको सन्दर्भमा उनले आन्दोलनमा ज्यानको आहूति दिने सहिदहरूप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

Advertisement

‘आज जेनजी आन्दोलनको एक वर्ष पुगेको दिन । धेरै जना जेनजीले ज्यानको आहूति दिएको दिन । ती सम्पूर्ण महान जेनजी सहिदहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु,’ उनले लेखेका छन्, ‘सहिदले चाहे जस्तो सरकार बनेको होला तर सहिदले चाहे जस्तो सुशासन अझै आएको छैन ।’

साम्पाङले देशको माटो र स्वाधीनता बचाउनका लागि भएको उक्त आन्दोलनको मर्म र उद्देश्य एक दिन अवश्य पूरा हुने विश्वास समेत दिलाएका छन् । उनले सहिदहरुको बलिदानलाई स्मरण गर्दै उनीहरूको सपना पूरा गर्न सुशासन अपरिहार्य रहेकोमा जोड दिएका छन् ।

तपाइको प्रतिक्रिया
परिवर्तनको आशा, परिणामको प्रतीक्षा
भोटेकोशी बाढीमा हराएका ५८७ विदेशी पर्यटक अझै फेला परेनन्
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने घोषणा
अलैँचीको मूल्य प्रतिमन ८५ हजार
‘प्रतिक्रियावादी शक्तिहरू बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयासमा’
जेनजी आन्दोलनको एक वर्ष : ‘मूल मुद्दामा अपेक्षित उपलब्धि भएन’
बाढीपीडितका लागि ब्रह्माकुमारी नेपालद्वारा एक करोड एक लाख सहयोग
जेनजी आन्दोलनबारे आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग
शान्ति कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजा आराधना
इटहरी प्रहरी हिरासतमा थुनुवाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×