प्रेस युनियन मोरङको अध्यक्षमा भोजराज बस्नेत निर्विरोध निर्वाचित 

Share this
617shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २३, मंगलबार १७:३५
प्रेस युनियन मोरङको अध्यक्षमा भोजराज बस्नेत निर्विरोध निर्वाचित 

विराटनगर । नेपाल प्रेस युनियन मोरङको १२ औँ अधिवेशनबाट भोजराज बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ । विराटनगरमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि सबै पदमा निर्विरोध नेतृत्व चयन भएकाे हो ।

कार्य समितिको उपाध्यक्षमा गोपाल पोखरेल र प्रशान्त निरौला चयन भएका छन् भने महिला उपाध्यक्षमा उषा सरदार निर्वाचित भएकी छन् । त्यसैगरी, सचिवमा सन्तोषकुमार बास्तोला, सहसचिवमा अनुज सापकोटा र अन्जना पराजुली तथा कोषाध्यक्षमा दिलीप अग्रवाल सर्वसम्मत चयन भए ।

Advertisement

त्यस्तै, सदस्यहरूमा पुरुषोत्तम कट्टेल (सरस), सुभाष भण्डारी, पारस मण्डल, दीपेन्द्र साह, विवेक मेहता, प्रेम पारख, अफताफ अली, समय घिमिरे र भोजराज घिमिरे निर्विरोध निर्वाचित भए ।

अधिवेशनको अवसरमा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने पत्रकारहरूलाई विभिन्न पुरस्कारबाट सम्मानित गरिएको छ । ‘गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ बाट वरिष्ठ पत्रकार शंकर खरेल, ‘शैलजा आचार्य पत्रकारिता पुरस्कार’ बाट ब्रह्मदेव यादवलाई सम्मानित भए ।

त्यसैगरी, ‘रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार’ बाट भोजराज बस्नेत र तारा आचार्य सम्मानित भए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै लोकतन्त्रको रक्षा र नागरिकको सूचनाको हक सुनिश्चित गर्न प्रेस युनियनले सदैव पहरेदारको भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले आगामी वर्षदेखि आफ्नो बुवाआमाको नामबाट एक जना पत्रकारलाई सम्मान गर्ने घोषणासमेत गरे ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव दिलीप पौडेलले प्रेस युनियन श्रमजीवी पत्रकारहरूको हकहितका लागि सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष भोजराज बस्नेतले सबैलाई समेटेर मोरङको पत्रकारिता र प्रेस युनियनको साखलाई अझ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि डिकबहादुर लिम्बू, युनियनका महासचिव दिलीप पौडेल, उपमहासचिवद्वय अभयकुमार राई र रविन्द्र सुवेदीलगायतले सम्मान गरे ।

तपाइको प्रतिक्रिया
भदौ २३ मा युवामाथि भएको बल प्रयोगको सत्यतथ्य सार्वजनिक गर्न गगनको माग
एसीसी प्रिमियर कपः हङकङसँग नेपाल पराजित 
एसीसी प्रिमियर कपः हङकङसँग नेपाल पराजित 
जेनजी आन्दोलनको प्रतिवेदन गायब पारिएको प्रचण्डको आरोप
बाढीपछिको प्रतिकार्यमा सघाउन अमेरिकी कार्यवाहक राजदूत काठमाडौंमा
काेशी प्रदेश खेलकुद विकास बोर्ड
कोशी प्रादेशिक क्रिकेट संघको ६ लाख बेरुजु रकम फिर्ता
प्रेस युनियन मोरङको अध्यक्षमा भोजराज बस्नेत निर्विरोध निर्वाचित 
प्रेस युनियन मोरङको अध्यक्षमा भोजराज बस्नेत निर्विरोध निर्वाचित 
प्रधानमन्त्री राहत कोषमा १२ अर्ब रुपैयाँ जम्मा
भदौ २३ को जेनजी आन्दोलन : इटहरीमा दुई जनाको मृत्यु, विराटनगर शान्त
कांग्रेसले फेरि सार्‍यो तल्लो तहका अधिवेशन, गाउँ–नगर अधिवेशन ३ र ४ असोजमा
जेनजी आन्दोलनको अपमान सह्य हुँदैन : गृहमन्त्री
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×