टेबल टेनिस टोली थाइल्यान्ड प्रस्थान

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २३, मंगलबार १९:०७
टेबल टेनिस टोली थाइल्यान्डमा

काठमाडौं । डब्लुटीटी युथ कन्टेन्डर बैंककमा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टेबल टेनिस टोली मंगलबार (आज) थाइल्यान्डको बैंकक पुगेको छ । टोली मंगलबारै थाइल्यान्ड प्रस्थान गरेको हो ।

सेप्टेम्बर ९ देखि १२ तारिखसम्म फेसन आइल्यान्ड बैंककमा हुने प्रतियोगितामा २ ब्वाइज तथा ४ गर्ल्स खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

Advertisement

ब्वाइजमा सुगम पौडेल र निरभ महर्जन तथा गर्ल्समा सुस्मिता खड्का, प्राज्ना महर्जन, उरवी सुवाल र आभा प्रधान रहेका छन् । खेलाडीले यु–१९ गर्ल्स सिंगल्स, यु–१७ ब्वाइज सिंगल्स, यु–१५ ब्वाइज / गर्ल्स सिंगल्स, यु–१३ गर्ल्स सिंगल्स र यु–१५ मिक्स डबल्समा सहभागिता जनाउने छन् ।

टोलीको प्रशिक्षकमा राकेश महर्जन छन् । प्रशिक्षक महर्जनका अनुसार प्रतियोगितामा २६ राष्ट्रको सहभागिता रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×